Logo

राजनीति

राप्रपा नेपालका वरिष्ठ उपाध्यक्षसहित दर्जनौँ नेताद्धारा पार्टी परित्याग 



काठमाडौं । कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालबाट पार्टीका वरिष्ठ उपाध्यक्षसहित दर्जनौँ केन्द्रीय सदस्यहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन् ।

हालै मात्र समान एजेन्डा भएका संघ, संस्था र दलहरूसँग एकता गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको राप्रपा नेपालले तारानाथ लुइँटेल नेतृत्वको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चासँग एकता गरेको थियो । तर, एकीकरणको मर्म र सहमतिअनुसार व्यवहार तथा कार्यान्वयन नभएको भन्दै नेताहरू असन्तुष्ट बनेका थिए ।

पार्टी छाड्ने नेताहरूले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ, ‘एकीकरणपछि आशा गरिएअनुसार संगठनात्मक सशक्तीकरण, नीति तथा कार्यक्रमको समायोजन र समान अधिकारको प्रत्याभूति हुन सकेन । नेतृत्व एकपक्षीय ढंगले अगाडि बढेपछि हामीहरू अलग हुने निर्णयमा पुग्यौं ।’

यस घटनाले राप्रपा नेपालमा आन्तरिक असन्तुष्टि चुलिएको देखिएको छ ।

 

 

 

 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १७:०३   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।