काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि वर्किङ भिसा (कामदार भिसा) जारी नगर्ने निर्णय गरेको छ । सोमबारदेखि नै यूएईले भिजिट भिसा पनि नेपालीका लागि रोक लगाइसकेको थियो । यससँगै रोजगारी तथा भ्रमण दुवै प्रयोजनका लागि यूएई जान चाहने नेपालीलाई ठूलो असर पर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले यस विषयमा यूएई अधिकारीहरूसँग सम्पर्कमा रहेको र निर्णयको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ । यस कदमले खाडी मुलुकतर्फको नेपाली श्रमिक आप्रवासनमा थप चुनौती सिर्जना गर्ने अनुमान गरिएको छ ।





















प्रतिक्रिया