काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भएको निष्कर्ष निकालेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलनको ढाकछोपमा अर्बौं मूल्य बराबरको सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गरिएको ठहर गर्दै त्यसमा संलग्न तत्वहरूको गहिरो छानबिन र कानुनी कारबाहीको माग गरेको छ ।
पार्टीका सहमहामन्त्री महेन्द्र यादवले भने “जेनजी आन्दोलनका क्रममा घुसपैठ भएको छ। घुसपैठ गर्नेहरूले खर्बौंको सार्वजनिक र निजी सम्पत्ति जलाएका छन् ।”





















प्रतिक्रिया