Logo

शिक्षा

शिक्षा मन्त्रालय लैनचौरस्थित केशरमहल सरेर सेवा प्रवाह



काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा आन्दोलनकारीले आगजनी गरेपछि मन्त्रालय भवन प्रयोग गर्न अयोग्य बनेको छ ।

यसका कारण शिक्षा मन्त्रालयले लैनचौरस्थित केशरमहलबाट अस्थायी रूपमा सेवा प्रवाह सुरु गरेको छ ।

आज सोही स्थानबाट नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ११:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।