Logo

प्रमुख समाचार

मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध



काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । तुइन खोलानजिक झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । लामो समयपछि पहिरो हटाएर सुचारु गरिएको सडकमा पुनः पहिरो गएको हो ।

“सवारीचालकले सवारीसाधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको छ,” सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ, “लेन अनुशासनको पालना गर्नुहुन अनुरोध छ ।”

तुइन खोलानजिकैको पहिरोले केही समय यता लगातार यात्रुलाई शास्ती दिएको छ । पहिरोका कारण काठमाडौं भित्रिने र बाहिरने यात्रु मारमा परेका छन् ।

यसैबीच, मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलानजिकै पनि पहिरो गएको छ । पहिरोका कारण दुइतर्फी सडक अवरुद्ध बनेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ०९:०९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।