Logo

प्रमुख समाचार

प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरको सरुवा निकाल्यो



काठमाडौं । एसपी र डिएसपीपछि प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरको सरुवा निकालेको छ ।

मंगलबार इन्सपेक्टरहरुको नियमित सरुवा निकालिएको हो । सूची भने सार्वजनिक गरिएको छैन ।

धेरै वर्षपछि नेपाल प्रहरीले राजनीतिक सिफारिसबिना सरुवा निकाल्न पाएको छ ।

चलखेल कम भएकाले एसपी र डिएसपी सरुवामा ठूलो विवाद भएन ।

यद्यपी अख्तियारमा कार्यरत धेरैले अवसर पाएको र आइजीपीले आफु निकटस्थहरुलाई च्यापेको आरोप पनि लागेको छ ।

जेनजी आन्दोलनपछि मनोबल खस्किएको प्रहरीमा अहिले क्षमताअनुसार जिम्मेवारी दिनुपर्ने माग उठिरहेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार ०६:५१   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।