Logo

समाचार

जेनजी आन्दोलन: युलेन्स स्कुलमा १ अर्ब २५ करोडको क्षति



काठमाडाैं । युलेन्स एजुकेसन फाउन्डेसनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्लोदनमा भएको आगजनी तथा तोडफोटबाट १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाएको छ ।

फाउन्डेसनले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाका कारण ठूलो क्षति भएको जनाएको हो । ‘किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीहरूका लकरमा रहेका पुस्तक तथा स्टेसनरीहरु समेत जलाइएका छन् । विद्यालय जोकोहीको मुटु काँप्ने गरी खण्डहर बनेको छ,’ विज्ञप्तीमा भनिएको छ ।

फाउन्डेसनका अनुसार खुमलटारस्थित युलेन्स विद्यालयका ५ वटा भवन, बाँसबारीस्थिति विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा तोडफाड तथा आगजनी भएको थियो ।

यस्तै आगजनीमा ८३ वटा बसहरू जलाइनुका साथै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिएको र जलाइएको जनाइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १५:४८   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।