Logo

प्रमुख समाचार

एमाले सचिवालय बैठक आज भक्तपुरको गुन्डुमा



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् । आज (असोज १२) दिउँसो १ बजे भक्तपुरको गुन्डुमा बस्ने गरी उनले बैठक तय गरेका हुन् ।

‘जेनजी’ आन्दोलनपछि पहिलोपटक एमाले सचिवालय बैठक बोलाइएको छ । गएको भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली हाल गुन्डुमा बस्दै आएका छन् ।

आन्दोलनपछिको अवस्था, पार्टीको भूमिका, संगठन सुदृढीकरण, आउँदो रणनीतिबारे बैठकमा छलफलको तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते बालकोटस्थित ओलीको घर जलाइएको थियो । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार ०९:०२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।