काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहे पनि चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले हाल कायम मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो खरिद मूल्यअनुसार पाक्षिक १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिए पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने जनाएको छ।
भारतीय आयल कर्पोरेसन आईओसी बाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भएपछि सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पुरानै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको हो।
निगमका अनुसार मध्यपूर्वमा केही महिनादेखि जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहेको छ। यसका कारण आईओसीबाट प्राप्त खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न नसकिएको निगमले स्पष्ट पारेको छ।
हाल काठमाडौं उपत्यकामा पेट्रोल र डिजेल दुवैको खुद्रा बिक्री मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम छ।





















प्रतिक्रिया