काठमाडौं । लगातारको अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण २८ जनाको ज्यान गएको छ ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले शनिबार बिहानसम्म २८ जनाको मृत्यु भएकाे जानकारी दिए ।
यस्तै अन्य दुई जना घाइते भएका छन् । सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका–६ मा ६, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ ।
यस्तै माइजोकमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको थापाले बताए ।





















प्रतिक्रिया