कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-१, संगाहामा कार दुर्घटना भएकाे छ । दुर्घटनामा एकै परिवारका ६ जना घाईते भएको प्रहरीले जनाएको छ ।
सुनौलीदेखि बुटवल हुँदै रामपुर घर तर्फ आउँदै गरेको बा.१९ च. ६६६१ नम्बरको कार साेमबार अपरान्ह ४ बजेतिर दुर्घटना भएको हाे । घाइते हुनेहरुमा चालक समेत रहेका रामपुर नगरपालिका ५ बेझाँडका ४० वर्षीय हम्जा खान, ३० वर्षीय रुक्साना खातुन, ३६ वर्षीय फारुख खान, १३ वर्षीय हम्दान खान, ४ वर्षीय फरदान खान र ६ वर्षीय इफरा खान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो ।
घाइतेहरुको उपचार लुम्बिनी मेडिकल कलेज तानसेनमा भईरहेको छ । कार सडक छेउको ढुङ्गामा ठोक्किएर सडकमा नै पल्टिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।





















प्रतिक्रिया