Logo

प्रमुख समाचार

प्रधानमन्त्री कार्कीले सुरू गरिन् चुनावी वातारणका लागि सहमति जुटाउन दलहरूसँग छलफल



 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै अग्रसरतामा चुनावी वातारणका लागि राजनीतिक सहमति जुटाउन दलहरूसँग छलफल थालेकी छन् ।
उनले शुक्रबार साँझ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग बालुवाटारमा भेटिन् ।
जेनजी आन्दोलनपछि दलहरूसँग राजनीतिक संवाद नै हुन नसकेपछि गत साता राष्ट्रपतिको अग्रसरतामा शीलतनिवासमा सर्वदलीय बैठक भएको थियो । उक्त बैठकमा अब आफैंले दलहरूसँग छलफल अघि बढाउने प्रधानमन्त्रीले उल्लेख गरेकी थिइन् ।
जेनजीका प्रतिनिधिहरूसँग पनि बिहीबार पहिलो चरणको वार्ता भएपछि प्रधानमन्त्रीले दलहरूसँग अब छुट्टाछुट्टै छलफल गर्न थालेकी हुन् ।
शुक्रबार माओवादी नेताहरूसँगको भेटमा उनले जसरी पनि चुनाव गराउन सरकार लागेकोले यसका लागि दलहरूले सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन् ।
‘हामीलाई छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको थियो,’ माओवादी उपमहासचिव वर्षमान पुनले भने, ‘उहाँले चुनावका लागि वातावरण बन्छ दलहरूले सहयोग गर्नुपर्छ भन्नुभएको छ ।’

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार २१:४६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।