Logo

प्रमुख समाचार

निर्वाचन सम्पन्न गराइ मुलुकलाई शान्तिमय बनाउनेबारेमा छलफल भयो: रेशम चौधरी



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका नेता रेशमलाल चौधरीले निर्वाचन सम्पन्न गराइ मुलुकलाई शान्तिमय बनाउनेबारेमा छलफल भएको बताएका छन् । मंगलबार प्रधानमन्त्रीसँगको सर्वदलीय छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

सबै राजनीतिक दलहरू निर्वाचन गराउनुपर्नेमा स्पष्ट रहेको उल्लेख गरे । विषम परिस्थितिमा निर्वाचन हुन नसक्ने आशंका राजनीतिक दलहरूको रहेको बताए ।

राजनीतिक दलहरूबाट पनि त्रुटि भएको र त्यसलाई समाधान गर्नेतर्फ जानुपर्नेमा जोड दिइएको उनको भनाइ छ । उनले छलफल सौहद्रपूर्वक र सकारात्मक रहेको बताए । राजनीतिक दल र जेनजीबीच छलफल हुनेबारेमा पनि कुरा उठेको बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलवार २२:०२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।