Logo

मनोरञ्जन

‘जारी २’को ट्रेलर सार्वजनिक



काठमाडौं । ‘जारी २ : सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ । उपेन्द्र सुब्बाको पटकथा लेखन र निर्देशन रहेको यो फिल्म यसअघिको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो ।

ट्रेलरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पारेको छ । ट्रेलरमा दयाहाङ राई, मिरुना मगरका पात्रको प्रेमपूर्ण नोकझोंकलाई चित्रण गरिएको छ ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माण र बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।

फिल्ममा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा लगायतको अभिनय छ । ‘जारी २ : सङ अफ च्याब्रुङ’ २१ कात्तिकमा प्रदर्शन तयारीमा छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १४:२४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।