Logo

प्रमुख समाचार

अमेरिकी आयोजकको खुलसास: एलिनाले अन्य संस्थाबाट रकम लिएको भेटिएपछि सुरु भयो विवाद



काठमाडौं । गायिका एलिना चौहानको हालैको ‘अमेरिका टूर’मा आयोजक फ्लाइ नेपा ट्राभल्स र गायिका चौहानबीच सामाजिक सञ्जालमा एकपछि अर्को गरि दाबी र खण्डन आइरहेका छन् ।

‘अब गाउँछ अमेरिका’ नामक सांगीतिक टूर नसकिँदै चौहान गतसाता स्वदेश फर्किएकी थिइन् । आयोजकले नोकरजस्तै व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा उनले टिप्पणी गरेकी थिइन् ।

विवाद चर्किदैं गर्दा आयोजक फ्लाइ नेपा ट्राभल्सले पनि विज्ञप्तिमार्फत थप प्रष्टीकरण दिएको छ । गायिका चौहानले करारविपरित गई अन्य संस्थाबाट रकम लिएर कार्यक्रम गरेको भेटिएपछि त्यसै बखत करार उल्लंघन भएको आयोजकले जनाएको छ ।

‘करार उल्लंघ भएपश्चायत गायिका एलिनाको अब गाउँछ अमेरिकाको बाँकी कार्यक्रम पनि रद्द भएर नेपाल फर्किनु भएको अवस्थामा यदि उहाँलाई करार रद्द भएकोप्रति आपत्ति वा अन्याय परेको महसुस भएमा कानुनी बाटो अपनाउन सक्ने जानकारी गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ ।

आयोजकले अफवाह नफैलाउन पनि चौहानलाई आग्रह गरेको छ । केही दिनअघि एलिनाले न्यूयोर्कको एक कार्यक्रमबाट रकम बुझेको बिल सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार २२:१६   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।