Logo

प्रमुख समाचार

त्रिभुवन विश्वविद्यालयको सभा बस्दै, नीति तथा कार्यक्रम पेस हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने छ ।

आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो ।

आजको सभामा नीति तथा कार्यक्रम पेस हुने त्रिवि उपकुलपति दीपक अर्यालले बताए ।

सभा ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १०:१८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।