Logo

प्रमुख समाचार

फिल्म ‘मुगलान’को ‘मेरो प्रियतम’ गीतमा सार्वजनिक



काठमाडौँ । आगामी पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई फिचरिङ गराइएको छ। उनीहरूको जोडीलाई गीतमा रोमान्टिक अवतारमा उतारिएको छ ।

प्रताव दास र बेनिशा पौडेलको स्वर रहेको गीतको शब्द सिर्जना लम्सालले लेखेकी हुन्। किरण भुसालको संगीत रिदम कँडेलको संगीत संयोजन गीतमा कोरियाग्राफी देबेन्द्र कुँवर र छायांकन अजय रेग्मीको छ।

यसअघि ‘मुगलान’मा समावेश गीत ‘पिन्टु पियारी’रिलिज गरिएको थियो। जुन गीतलाई दर्शकले मन पराएका थिए।

रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’मा प्रभात र स्मारिकाको अलावा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खबपु, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। निर्माता सिंहको यो डेब्यु निर्माण हो। त्यसै गरि यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन्।

तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।

फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी विमर्शीको छ। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी विमर्शी रहेका छन्।

फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ। यस गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानलमार्फत बाहिर ल्याइएको छ ।

https://www.youtube.com/watch?v=Sd9_SRA4MMI

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार ०९:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।