काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र श्रीलङ्काली समकक्षी डा हरिणी अमरसुरियाबिच बुधबार टेलिफोन वार्ता भएको छ । दुवै देशका प्रधामन्त्रीबिच बुधबार साँझ ८ः१५ बजेदेखि करिब चार मिनेट कुराकानी भएको थियो ।
वार्ताका क्रममा श्रीलङ्काका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट दुई लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकामा आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाल सरकारले श्रीलङ्कामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेपछि श्रीलङ्काली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन गर्दै विपद् परेकाबेला सहयोग पठाएकामा धन्यवाद दिइन् ।
जवाफमा प्रधानमन्त्री कार्कीले मित्रराष्ट्र हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्ने बताइन् । कार्कीले भनिन्,’त्यो हाम्रो कर्तव्य र धर्म नै हो । यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईंहरूसँगै छौँ ।’




















प्रतिक्रिया