काठमाडौँ । विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार म्याद थपका लागि अदालत पेस गरेको थियो ।
न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पहिलोपटक ७ दिनको म्याद थप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ । आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ ।





















प्रतिक्रिया