Logo

प्रमुख समाचार

गुण्डुमा एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको छ।

उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि पार्टीले अपनाउने रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो।

एमालेले पौडेलको पक्राउलाई प्रतिशोधपूर्ण र गैरकानुनी भएको दाबी गरेको छ।

सोमबार सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई विशेष अदालतले मंगलबार सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलवार २०:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।