काठमाडौं । सालपा विकास बैंकको प्राथमिक सेयर (आईपीओ) बाँटफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।
यस कम्पनीको आईपीओ पुस १६ देखि २० गतेसम्म खुलेको थियो । आईपीओमा कुल २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको थियो ।
स्वीकृत आवेदनमध्ये १ लाख ४३ हजार ९१७ जनाले सेयर पाएका छन् । सेयर पाएकामध्ये पनि ९ जनाले ११ कित्ताका दरले पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका छन् ।
आवेदन स्वीकृत भएकामध्ये २१ लाख २२ हजार ३८ जनाको हात रित्तो भएको छ । स्वीकृत आवेदनमध्ये सेयर पाउनेको संख्या जम्मा ६.३५ प्रतिशत मात्रै हो । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणाली आईपीओ रिजल्ड डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।
असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २.२४ रुपैयाँ छ ।




















प्रतिक्रिया