Logo

अर्थ

सुनको मूल्य ताेलामा २१ सय बढ्यो, चाँदी घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य घटेको छ । प्रतितोला ५५ रुपैयाँले चाँदीको मूल्य घटेको हो । अघिल्लो दिन तोलाको ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ११:०३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।