Logo

अर्थ

महालक्ष्मी विकास बैंकको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा



काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा घोषित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको छ ।

बैंकको पुस २१ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट पारित भएको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा पुस २१ गतेदेखि नै जम्मा गरिएको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकिकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न सेयर रजिष्ट्रार सिद्धार्थ क्पाटिलले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार ११:३२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।