Logo

अर्थ

नेपाल बैंकको डीसीईओमा होम बहादुर खड्का नियुक्त



काठमाडाैं । नेपाल बैंक लिमिटेडको डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा होम बहादुर खड्का नियुक्त भएका छन्। नुवाकोट स्थायी घर भएका खड्का यसअघि नेपाल बैंकमै सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) का रूपमा कार्यरत थिए।

खड्काले वरिष्ठ एसीईओद्वय प्रकाश अधिकारी र विश्वराज बराललाई पछि पार्दै डीसीईओ पदमा नियुक्ति पाएका हुन्। अधिकारी र बराल दुवै खड्काभन्दा वरिष्ठ भए पनि उनीहरू आगामी फागुन २१ गतेपछि अनिवार्य अवकाशमा जाने अवस्थामा थिए।

बैंक स्रोतका अनुसार संस्थागत निरन्तरता, भावी नेतृत्व व्यवस्थापन तथा कार्यसम्पादन क्षमतालाई आधार मानेर खड्कालाई डीसीईओको जिम्मेवारी दिइएको हो। पछिल्लो समय नेतृत्व अभाव र व्यवस्थापकीय निर्णय प्रक्रियामा ढिलाइको आलोचना खेप्दै आएको नेपाल बैंकले खड्काको नियुक्तिसँगै व्यवस्थापन पक्षलाई थप सक्रिय बनाउने अपेक्षा गरेको छ।

नेपाल बैंकको दीर्घकालीन रणनीति, जोखिम व्यवस्थापन र सञ्चालन सुधारमा खड्काको भूमिकालाई महत्वपूर्ण रूपमा हेरिएको छ। बैंकिङ क्षेत्रमा लामो अनुभव बोकेका खड्काले यसअघि विभिन्न महत्वपूर्ण विभाग तथा जिम्मेवारी सम्हालिसकेका छन्।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १२:११   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।