Logo

अर्थ

साना किसान विकास लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने



काठमाडौं । ‘साना किसानको समृद्धि:कृषिको रुपान्तरण र उद्यमशिलताको विकास’भन्ने नाराका साथ स्थापित साना किसान विकास वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौँमा सम्पन्न संस्थाको २४औँ वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।

‘यस वित्तीय संस्थाको २४औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई लगानीको प्रतिफल स्वरुप बोनस सेयर १४.२५ प्रतिशत र कर प्रयोजनका लागि नगद लाभांश ०.७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव पारित भएको छ’, साधारणसभापछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

यस वित्तीय संस्थामा देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा १ हजार ४ सय ६३ साझेदार संस्था आवद्ध रहेका छन् ।

 

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १२:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।