Logo

अर्थ

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो?



काठमाडाैं । आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको सुनको मूल्य १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १४५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार ११:१०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।