Logo

अर्थ

सीजी ब्रान्डको ‘तिहार रंगोली फोटो सेयर तथा जित प्रतियोगिता’का विजेतालाई मेरिडिया ध्वनि प्रणाली प्रदान



काठमाडौं । सीजी ब्रान्डले तिहारको अवसरमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा जित प्रतियोगिता’का विजेता स्वयम्भू निवासी सोयशा श्रेष्ठलाई सीजी मेरिडिया ध्वनि प्रणाली प्रदान गरिएको छ । उक्त ध्वनि प्रणालीले उच्च गुणस्तरीय ध्वनि र उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

विजेता सोयशा श्रेष्ठले खुसी व्यक्त गर्दै भनिन्, “सीजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगितामा विजेता बन्न पाउँदा म अत्यन्तै उत्साहित र खुसी छु । सीजी मेरिडिया ध्वनि प्रणाली प्राप्त गर्न पाउनु मेरो लागि विशेष क्षण हो । यस अवसरका लागि म सीजी टिमप्रति आभारी छु ।”

तिहारको उल्लास र घर–आँगन सजाउने रंगोलीको कलात्मक सुन्दरतालाई डिजिटल माध्यमबाट साझा गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागीहरूले पठाएका रंगोलीका तस्बिरहरूले नेपाली मौलिक कला, संस्कृति र चाडपर्वको जीवन्त झल्को प्रस्तुत गरेका थिए । विजेतालाई उक्त उपहार सीजी ब्रान्ड (गृह प्रयोजनका उपकरण)का प्रतिनिधि भरतप्रसाद साहले हस्तान्तरण गरेका थिए ।

चार दशकभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौँ नेपाली परिवारको विश्वास जित्दै आएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार ११:५१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।