Logo

राजनीति

रौतहटका चारवटै क्षेत्रमा एमाले उम्मेदवार टुङ्गो लाग्यो



रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रौतहट जिल्लाका चारवटै  क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ।

शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटका चारवटै क्षेत्रमा एमालेबाट उठ्ने उम्मेदवारहरूको नाम औपचारिक रूपमा अनुमोदन गरेको हो।

केन्द्रीय कमिटीको निर्णयअनुसार रौतहट क्षेत्र नम्बर १ बाट अजय कुमार गुप्ता, क्षेत्र नम्बर २ बाट शैलेन्द्र कुमार साह, क्षेत्र नम्बर ३ बाट कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ बाट रामजी साह सोनार उम्मेदवार बन्ने भएका छन्।

स्थानीय सङ्गठनको सिफारिस, जनसमर्थन, राजनीतिक सक्रियता तथा पार्टीप्रतिको प्रतिबद्धतालाई आधार मानेर उम्मेदवार टुङ्ग्याइएको एमालेले जनाएको छ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १०:०२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।