Logo

अर्थ

नेपाल बैंकमा आबद्ध सबैले ब्ल्याक हर्स इण्डष्ट्रिजको जुत्ता खरिदमा छुट पाउने



काठमाडौं। नेपाल बैंक लिमिटेड र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता भएको छ ।

यस बैंकमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र बिक्री गर्ने गरेको ब्ल्याक हर्स ब्राण्डका विभिन्न किसिमका जुत्ताहरुको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुटका लागि सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिजको तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरे ।

नेपाल बैंकडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लिद्वारा उत्पादित ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरु देशभर रहेका विक्रेताहरुबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १३:१९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।