Logo

प्रमुख समाचार

बालेन र सुधन एकसाथ घण्टीघर जाँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र अभियन्ता सुधन गुरुङ आज औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय जाने भएका छन् ।

उनले आफू केहीबेरपछि रास्वपा कार्यालय पुगेर रास्वपा प्रवेश गर्न लागेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् ।

रास्वपा प्रवेशको घोषणा गर्दै सुधन गुरुङले यो निर्णय कुनै व्यक्तिगत स्वार्थ वा पदका लागि नभई जनताको चाहना र जिम्मेवारीका कारण लिइएको बताएका छन् ।

उनले भनेका छन्, ‘यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ,’ उनले थपेका छन्, ‘जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ र परिवर्तनलाई स्थायी बनाइनेछ ।’

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १५:३९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।