Logo

राजनीति

‘भूगोलमा ओली र एमाले, गुगलमा रवि-बालेन र घण्टी’



काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु रवि लामिछाने, बालेन्द्र शाह र घण्टी चुनाव चिन्ह गुगलमै सीमित हुने दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवि, बालेन र घण्टी गुगलमा सीमित हुने र भूगोलमा भने एमाले र अध्यक्ष केपी शर्मा ओलीको हाबी हुने बताएका हुन् ।

‘गुगलमा बालेन, रवि र घण्टी, भूगोलमा केपी ओली र नेकपा (एमाले) यसपटकको चुनाव यही हो,’– उनले भने ।

एमाले अध्यक्ष अ‍ोली राष्ट्रियता र नेपाली जनताको सार्वभौम सत्ताको निमित्त आफ्नो ज्यानको बलिदान दिन तयार भएको राजनेता रहेको नेता बस्नेतले बताए । ओली यो मुलुकको भावी प्रधानमन्त्री रहेको उनको दाबी छ ।

उनले रास्वपा सभापति लामिछानेलाई सहकारी ठगको संज्ञा दिए । त्यस्ता सहकारी ठगलाई बहिष्कार गर्ने र लखेट्नेसम्मको चेतावनी दिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १८:०४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।