Logo

अन्तर्राष्ट्रिय

ट्रम्पको नियुक्तिहरूमा इजरायल र प्यालेस्टिनीहरूले जनाए आपत्ति



वासिङटन डीसी । ट्रम्प प्रशासनले गाजा शान्ति प्रक्रियाका लागि समितिहरू घोषणा गर्न थालेको छ ।

यद्यपि यसको इजरायल र प्यालेस्टिनी दुवैले आलोचना गरेका छन् । प्यालेस्टिनीहरूले प्यालेस्टिनी प्रतिनिधिहरूको अनुपस्थितिको मुद्दा उठाएका छन् ।

यो केही अन्तर्राष्ट्रिय सदस्यहरू सहितको अमेरिकी बोर्डजस्तो देखिएको प्यालेस्टिनी नेता मुस्तफा बर्घौतीले बीबीसीलाई भनेका छन् ।

समितिहरू मध्ये एक, गाजा कार्यकारी बोर्डमा नियुक्तिबारे परामर्श नगरिएकोमा आफू दुखी भएको इजरायलले बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा शान्ति प्रक्रिया प्यानलमा राष्ट्रपति ट्रम्पको नियुक्तिबारे छलफल गर्न आफ्नो मन्त्रिपरिषद्सँग भेट गर्दै छन् ।

ट्रम्प प्रशासनको नयाँ ‘शान्ति बोर्ड’मा ट्रम्पका ज्वाइँ, जारेड कुशनर, ट्रम्पका दूत, स्टीव विटकफ, अमेरिकी विदेशमन्त्री मार्को रुबियो र पूर्वबेलायती प्रधानमन्त्री टोनी ब्लेयर आदि नियुक्त भएका छन् ।

यसमा सहभागी हुन आफूहरूलाई पनि आमन्त्रित गरिएको टर्की, इजिप्ट र अर्जेन्टिनाका राष्ट्रपतिहरूको भनाइ थियो ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १८:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।