Logo

राजनीति

गगन थापाको अपिल- आजै उम्मेदवार टुंग्याइने, मनमा कुरा नराखी सहयोग गर्न आग्रह



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरिमा पार्टीका उम्मेदवार टुंग्याइने बताएका छन्। उनले सोमबार बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उम्मेदवार छनोट प्रक्रिया आजै निष्कर्षमा पुर्‍याउने प्रयास भइरहेको जानकारी दिएका हुन्।

थापाले पार्टीभित्र छलफल र समन्वयलाई प्राथमिकता दिँदै सकेसम्म राम्रो निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे। “आज दिनभरिमा सबै कुरा टुंग्याउँछौं। ‘बेष्ट’ कोसिस गर्छौं। सकेसम्म यसलाई राम्रो बनाउनेछौं,” उनले भने।

उनले पार्टीको आधिकारिक टिकट पाउने उम्मेदवारको पक्षमा सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्न आग्रह गरेका छन्। मनमा कुनै असन्तुष्टि नराखी पार्टी अभियानका रूपमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

“त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन, यो एउटा अभियान हो,” थापाले भने, “यो अभियानमा हामी सबै जुट्नुपर्छ भन्ने विश्वासका साथ सबैलाई अनुरोध र अपिल गर्न चाहन्छु।”

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १०:४१   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।