Logo

समाचार

हृदयघातको जोखिम कम गर्न दैनिक कति हिँड्ने ?



काठमाडौँ । खराब खानपान, प्रदूषण, बदलिँदो मौसम र तनावले स्वास्थ्यमा गहिरो प्रभाव पार्छ । तर हाम्रा स–साना बानीहरूले स्वास्थ्य सुधार गर्न सक्छन् भनेर आयुर्वेद र विज्ञान दुवैले भन्छन् ।

सबैभन्दा सरल र प्रभावकारी बानीमध्ये हिँड्नु पनि एक हो । हिँड्दा हाम्रो मांसपेशी र हड्डीहरू बलियो हुन्छन् अनि यसले मुटुको स्वास्थ्य सुधार गर्न र आयु लम्ब्याउन पनि मद्दत गर्छ ।

के भन्छ आयुर्वेद ?
हिँड्दा शरीरको ऊर्जा र जीवन शक्ति सन्तुलित हुन्छ, पाचन सुधार हुन्छ र मानसिक तनाव कम हुन्छ भनेर आयुर्वेदले भन्छ ।

दैनिक रूपमा हिँड्दा हृदयघात र स्ट्रोकको जोखिम उल्लेखनीय रूपमा कम हुन्छ भनेर विज्ञान पनि सहमत छ ।यस्ता छन् हिँड्नुका फाइदा

हिँड्नु कुनै पनि उमेरका मानिसहरूका लागि सबैभन्दा सजिलो व्यायाम हो । जब हामी हिँड्छौं, हाम्रो मुटुको धड्कन बढ्छ, रक्तसञ्चार सुधार हुन्छ, र शरीरमा जम्मा भएका विषाक्त पदार्थहरू बाहिर निस्कन्छन् ।

नियमित हिँड्दा रक्तचाप नियन्त्रण गर्न, खराब कोलेस्ट्रोल कम गर्न र तौल कायम राख्न मद्दत गर्छ । यो मानसिक स्वास्थ्यको लागि पनि अत्यन्तै लाभदायक छ । हिँड्दा एन्डोर्फिन निस्कन्छ, जसले तनाव कम गर्छ र मुड सुधार गर्छ ।

अध्ययनहरूले के भनेका छन् ?
हप्ताको पाँच दिन, दैनिक ३० मिनेटको छिटो हिँडाइ वा लगभग ९ हजार देखि १० हजार पाइलाको हिँडडुल मुटुका लागि स्वास्थ्य हुने अमेरिकन हार्ट फाउन्डेसन र नर्थवेस्टर्न मेडिसिनको अध्ययनले देखाएको छ ।

यसले रक्तसञ्चार सुधार गर्छ, मुटुको धड्कन बलियो बनाउँछ र रक्तचाप अनि कोलेस्ट्रोललाई पनि सन्तुलनमा राख्छ ।

यदि कोही व्यक्ति यति लामो हिँड्न सक्दैन भने ३ हजार ८ सय देखि ४ हजार पाइला पनि सुरुवात बिन्दुको रूपमा लाभदायक हुन्छ । मुख्य कुरा भनेको हरेक दिन नियमित हिँड्नु धेरै राम्रो हो ।

उमेरअनुसार सुझाव  
यो बानी वृद्धवृद्धाहरूका लागि अझ बढी लाभदायक छ भनेर विज्ञहरूले बताएका छन् ।

दैनिक ६ हजारदेखि ९ हजार पाइला हिँड्ने ६० वर्ष र सोभन्दा माथिका व्यक्तिहरूलाई दैनिक २ हजार पाइला हिँड्नेहरूको तुलनामा हृदयघात र स्ट्रोकको जोखिम ४० देखि ५० प्रतिशत कम हुन्छ भनेर अध्ययनहरूले देखाएको छ ।

साढे २ देखि ४ माइल हिँड्दा मुटु बलियो रहन्छ र मुटु रोगको जोखिम कम हुन्छ । नियमित र सन्तुलित हिँडाइले शरीरमा ऊर्जा कायम राख्छ, जसले जीवन लामो र स्वस्थ बित्ने आयुर्वेदको विश्वास छ ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार ०६:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।