एजेन्सी
रोजी कोल नाम रहेकी २१ वर्षकी उनले साथीसँग रक्सी पिएर आएर वाशिङ मेसिनमा पसेको बताइएको छ । नशाको तालमा उनी ट्वाइलेट जाने क्रममा वाशिङ मेशिनमा परेकी हुन् ।

उनले साथीसँग पार्टीमा अत्याधिक रक्सी पिइन् । त्यसपछि उनले केहि पनि थाहा पाइनन् र उनी आफैँ वाशिङ मेशिनमा छिरिन् ।

उनको कम्मर भन्दा तलको भाग मेशिनमा फसेको थियो । निकाल्ने प्रयास धेरै गरिएपनि नसकेपछि फायर फाइटर्सलाई बोलाएर उनलाई वाशिङ मेसिनबाट बाहिर निकालिएको थियो ।
फयर फाइटर्सले उनलाई २० मिनेट पछि बाहिर निकालेका थिए ।





















प्रतिक्रिया