काठमाडौं । आज पनि सेयर बजार घटेको छ । सेयर बजारको यो घटाई आज चौथो दिन हो । नेप्से परिसूचक ०.०४ अंकले घटेर २,६६२ को विन्दुमा कायम भएको छ ।
आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको मूल्य घटेको छ ।
आज ८ अर्ब ६९ करोडको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै रिडी पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिडी पावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.३९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया