Logo

समाचार

आरजुसहित १० जना हाई प्रोफाइललाई मार्ने धम्की दिने पाठक पक्राउ



काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणासहित १० जना हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा पाठकलाई पक्राउ गरेर नेपाल ल्याइएको हो ।

काभ्रे घर भएका पाठकले अख्तियार प्रमुख प्रेमकुमार राई, लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा,ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।

पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो । सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै पाठक भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए । पाठकले आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ०६:४३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।