काठमाडौं।सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउसबीच नेपाल पे कार्ड जारी गर्ने सम्झौता भएको छ।
बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचल)बीच नेसनल कार्ड स्वीचअन्तर्गत डोमेस्टिक कार्ड स्किम इलेक्ट्रिक फन्ड ट्रान्सफर (इएफटी) मार्फत नेपाल पे कार्ड सञ्चालन गर्ने सम्झौता भएको हो।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार सिटिजन्स एनसीएचएलको इलेक्ट्रिक फन्ड ट्रान्सफर (इएफटी) सदस्यभित्र नेपाल पे कार्ड जारी गर्ने पहिलो बैंक भएको छ।
सम्झौतापछि बैंकको एटीम तथा पीओएस टर्मिनलमा नेपाल पे कार्ड र डिस्कोभर, डिनर्स, प्लसजस्ता अन्तर्राष्ट्रिय कार्ड पनि स्वीकार हुनेछन्।




















प्रतिक्रिया