Logo

शेयर बजार

सिद्धार्थ फर्मास्युटिकल्सले १० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल



काठमाडौं। सिद्धार्थ फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटिकल्सका अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटलका चिफ बिजनेस अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरे।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

सिद्धार्थ फर्मास्युटिकल्सले २०४६ देखि गुणस्तरीय, सुरक्षित तथा किफायती औषधी उत्पादनमार्फत नेपाली स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ।

कम्पनीको अत्याधुनिक उत्पादन प्लान्ट रुपन्देहीको तिलोत्तमा–१५ मा छ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ०७:३१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।