Logo

अर्थ

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम छ । बुधबार सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो बुधबार चाँदी तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार ११:३५   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।