Logo

मनोरञ्जन

‘बिगुल’को प्रदर्शन स्थगित



काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बिगुल’को प्रदर्शन स्थगित हुने भएको छ । निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालिले मंगलबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म फिल्मको प्रदर्शन रोक्ने निर्णय गरिएको जनाएको छ ।

‘निर्वाचनको संवेदनशील अवस्थालाई ध्यानमा राखेर सम्बन्धितको निकायको सुझाव तथा परिस्थितिको मूल्याङ्कन पश्चात् यो निर्णय लिइएको हो’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘नयाँ रिलिज डेट चाँडै घोषणा हुनेछ ।’

निर्माण युनिटले यसबाट पर्न गएको असुविधाप्रति सबैसँग क्षमा माग्दै फिल्मलाई प्रत्यक्ष गएर हेरिदिनुभएका आमदर्शक, कलाकार, प्राविधिक, पत्रकार, अतिथिज्यू सबैलाई हार्दिक धन्यवाद  दिएका छन् ।

रमेश कोइराला निर्देशित फिल्म कांग्रेस नेता दिनेश कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा फिल्ममा बेनिशा हमाल, नरेन खड्काको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार ०७:३९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।