Logo

अर्थ

सुनको मूल्य तोलामा ४ हजार ३ सय बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडाैं । आज सुनकाे मूल्य बढेकाे छ । सुनको मूल्य आज ४ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य ३ लाख ४ सय कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ८० रुपैयाँले बढ्दै प्रतितोला ८ हजार ६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १०:५२   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।