काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको संस्थापक सेयर धनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले २० हजार २९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
उक्त सेयरमा पहिलो चरणमा हाल कायम भएको संस्थापक सेयर धनीले मात्र आवेदन दिन पाउने छन् । ३५ दिन भित्र संस्थापक सेयर धनीले खरिद नगरे अन्य व्यक्ति तथा संस्थालाई उक्त सेयर बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्नेले कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।





















प्रतिक्रिया