काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा गुम्वा बनाउनेहरुको होडवाजी नै चलेको छ । प्रायः जसो काठमाडौं उपत्यकाभित्रका बौद्ध, महाकाल, चाबहिल, महाबौद्ध, स्वयम्भु, कीर्तिपुर, ललितपुर, भक्तपुरलगायत उपत्यका वरिपरिका डाँडा-काँडा गुम्बाले भरिभरि भएका छन् ।
अलिकति अग्लो डाँडो र खाली ठाउँ देख्यो कि गुम्बा निर्माण भइहाल्छ । ती गुम्बाहरु किन र कसको लगानीमा निर्माण गरिएको हो भन्ने सर्वसाधारणलाई चासोको विषय बनेको छ ।
अन्य विकास निर्माण र सामाजिक काममा भन्दा बढी गुम्बा निर्माण भएका छन् । सार्वजनिक जंगल र खाली ठाउँ देख्ने बित्तिकै गुम्मा निर्माण गरिहाल्नुको कारण पनि केही खुल्न सकेको छैन ।
त्यसको लागि कहाँबाट कसले पैसा दिन्छ भन्नेबारे राज्यले जानकारी राखेको पाइदैन । फेरि के प्रयोजनको लागि यति धेरै गुम्बा निर्माण हुन्छ त्यसमा पनि राज्यले चासो राखेको छैन ।
नयाँ-नयाँ गुम्बा निमार्ण हुना साथ सडकको व्यवस्था पनि तुरुन्तै हुन्छ । गुम्बा निर्माण भइसकेपछि त्यसको परिसरमा आर्मी क्याम्प जस्तो गरी तारबार र वालको व्यवस्था गरिन्छ ।
गुम्बाजस्तो धार्मिक स्थलमा तारबार लगाएर सर्वसाधारण छिर्न नसक्ने गरी सुरक्षित बनाउने गरिएको ।
तारबारले घेरेर राखिएको गुम्बा परिसरभित्र के कस्तो धन्दा चल्छ भन्नेमा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।
गुम्बा निर्माण गरिएको आसपासका सार्वजनिक जग्गा गुम्बाकै नाममा वितरण गरिएको पाइन्छ ।
यसरी सार्वजनिक जग्गा हडपेर गुम्बाको नाममा पूर्जा वितरण गर्नुले उपत्यका आसपासका अधिकांश सार्वजनिक जग्गा गुम्बाको नाममा व्यक्तिले हडप्ने काम भइरहेको छ ।
उपत्यकाभित्रका सार्वजनिक जग्गा गुम्बा निर्माण र विकासको नाममा हडप्ने गरेको त एउटा उदाहरण मात्रै हो ।
पछिल्लो समय देशैभरका पर्यटकीय क्षेत्र आसपासका रमणीय स्थलका सार्वजिक जग्गाहरु गुम्बाको नाममा हडप्ने गरिएको छ । अधिकांश पहाडी र हिमाली क्षेत्रका सार्वजनिक जग्गाहरु गुम्बा निर्माण गर्ने नाममा हडप्ने गरेको पाइन्छ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी भएकाले नेपालमा गुम्बा निर्माण गर्नु नराम्रो होइन ।
तर, पछिल्लो समय अन्य विकास निर्माणका कामभन्दा गुम्बा निर्माण गर्ने काम द्रुतगतिमा भएका खबर तामाकोशी सन्देशमा उल्लेख छ ।
त्यसरी निर्माण गरिएका गुम्बाहरु बौद्धधर्म प्रवर्द्धन गर्न हो कि अन्य प्रयोजनको लागि हो भन्ने तिर सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।
गुम्बा निर्माणको लागि चन्दा संकलनदेखि विदेशी सहयोगसमेत जुट्ने गरेको पाइन्छ ।
यसरी जथाभावी गुम्बा निर्माण गरी तारबारले घेराबन्दी गरिहँदा बौद्ध दर्शन तथा गुम्बा विकास समितिले पनि ध्यान दिएको पाइँदैन ।
तर, भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालय रमिते बनिरहेको छ ।
उल्टै भूमि मन्त्रालयअन्तर्गका नापी र मालपोतका कर्मचारीहरु हाल साबिक र कित्ताकाटको नाममा कमाइ खाने भाँडो बनेको छ ।





















प्रतिक्रिया