Logo

अर्थ

चैत्र महिनामा थप घट्यो बैंकहरुको ब्याज, कुनको कति ब्याज?



काठमाडौं। चैत महिना सुरु भएसँगै वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आजदेखि लागू हुने गरी प्रकाशित ब्याजदरमा फागुनको तुलनामा घटेको छ।

चैत महिनाका लागि बैंकहरुको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ। यस्तो ब्याजदर फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा थियो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन्। बाँकी १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १०:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।