काठमाडौँ। नेपाली कांग्रेसबाट निर्वाचित नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का वडा अध्यक्ष मदन भुजेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका भुजेलले पार्टी परित्याग गर्दै रास्वपाको सदस्यता लिएका हुन्।
रास्वपाको आधिकारिक वेबसाइटमा रहेको सदस्यता विवरणअनुसार उनले कात्तिक २८ गते पार्टीको सदस्यता लिएका हुन्। उनको सदस्यता नम्बर ०००४४६३८० रहेको छ। भुजेल रास्वपाको सदस्य बनेको पार्टीको आधिकारिक विवरणबाट समेत पुष्टि भएको छ। यद्यपि, उनले पार्टी प्रवेशबारे केही दिनभित्र औपचारिक घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ।





















प्रतिक्रिया