Logo

शेयर बजार

नेप्सेमा झिनो अंकको वृद्धि, १४ अर्ब ३२ करोडकाे कारोबार



काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार बढेको छ । नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.90 को विन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६७ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सालपा विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । होटल फरेष्ट इनका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफका लगानीकर्ताले ९.९५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दरम खोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रकाशित मिति : १ चैत्र २०८२, आईतवार १५:१६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।