Logo

समाचार

ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, ४ जना घाइते



काठमाडौं । ललितपुरको हरिसिद्धीमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान १० बजे हरिसिद्धीस्थित होसना इट्टाभट्टाको पर्खाल भक्किँदा रुकुम घर भई इट्टाभट्टामा काम गरी बस्ने ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । इट्टाभट्टाको वाल भत्किँदा ४ जना मजदुरहरु घाइते भएका छन् ।

घाइते हुनेहरुमा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख होबिन्द्र बोगटीसहित प्रहरी टोलीले घाइते मजदुरहरुलाई उद्धार गरी तत्काल उपचारको लागि मेडिसिटी अस्पतालमा पुर्‍याएकाे थियाे । उनीहरुकाे उपचार भइरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आईतवार १३:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।