दार्चुला । दार्चुलामा सोमबार बिहान भूकम्प गएको छ। बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। एकाबिहानै भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएका थिए।
यसअघि चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।




















प्रतिक्रिया