काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ४२५ रुपैयाँमा झरेको छ ।





















प्रतिक्रिया